साधना

[ना.]

१. अभीष्ट फलको प्राप्तिका लागि नियमपूर्वक गरिने उपासना वा आराधना; अनुष्ठान

२. दक्षता वा पूर्णताका लागि कुनै काम बारबार गर्ने अभ्यास; रफत

३. भूतप्रेत आदिलाई मन्त्रादिद्वारा वशमा पार्ने काम

४. लामो समयसम्म कष्ट सही मनलाई एकाग्र राखेर कुनै सिद्धि वा सफलताको प्राप्तिका लागि गरिने योग; कुनै कार्य वा प्रयत्न