पाल्नु

[सक्रि.]

१. आज्ञा, अनुशासन, अर्ती, कर्तव्य, कानुन आदिका अनुसार चल्नु; पालना गर्नु; मान्नु

२. खान, लाउन दिएर कसैलाई आफ्ना घरमा राख्नु; भरणपोषण गर्नु; पालन गर्नु

३. मनोरञ्जन, उपयोग वा उपभोगका निम्ति पशुपक्षीलाई खानपान दिएर राख्नु

४. रौँ, नङ, रुख आदिलाई नकाटी बढ्न दिनु

५. सह्यार गर्नु; सुसार गर्नु

६. स्याहारसम्भार गर्नु; हेरविचार गर्नु

[अक्रि.]

१. कुनै मान्यजन आउनु; पदार्पण गर्नु

२. जानु (शिष्ट.); पाउ लाग्नु