गृह · शब्दकोश

पन्जा

[ना.]

१. गलैँचा बुन्दा तानको तनोट र बुनोटको धागो मिलाउन ठोकिने साधन।

२. तास वा गन्जिफाको पाँच फुट्टीको पत्ती।

३. पाँच औँलालगायत हत्केलादेखि मणिबन्धसम्म वा त्यसभन्दा केही माथिसम्म लगाइने सुती, उनी, प्लास्टिक, छाला आदिको खोल।

४. पाँच औँलासहितको हत्केलो; लबटो; पौँजा।

५. पाँच, नौ र एक कौडा ठाडा हुँदा पर्ने जुवाको खेलको एक दाउ।

६. पासाको खेलमा दुई पासामा दुवा दुवा र एक पासामा पोट पर्दा हुने एक दाउ।

७. हात वा गोडाका पाँच औँलाको समूह।

⟵ फेरि सूचीमा जानुहोस्