खोल्नु

[सक्रि.]

१. अनावृत गराउनु

२. कविता आदि वा शास्त्रीय विषयमा स्पष्ट नभएको अर्थ स्पष्ट गराउनु; व्याख्या गर्नु

३. दाम्लो, खोर आदिबाट फुक्का गर्नु; छाड्नु

४. नयाँ पसल, कारखाना, विद्यालय आदिको स्थापना गर्नु; उद्घाटन गर्नु

५. निकाल्नु; आविष्कार गर्नु

६. बन्द भएको अवस्थाबाट खुला पार्नु; उघार्नु

७. बन्द भएको कामकुरो फेरि सुरु गराउनु वा चलनमा ल्याउनु

८. बन्धनबाट मुक्त पार्नु; फुक्का गर्नु