काण्ड

[ना.]

१. अप्रिय तथा नराम्रो घटना; उत्पात (लाइब्रेरीकाण्ड, हत्याकाण्ड इ.); अशान्तिको स्थिति

२. कुनै कुराको हद वा सीमा (काण्ड पुग्नु, काण्ड पुर्‍याउनु इ.)।

३. कुनै वस्तुको खण्ड वा भाग

४. धनुका बिचको मोटो भाग; बाण; तीर

५. पुस्तक आदिको कुनै अध्याय वा प्रकरण

६. रुखको हाँगो; डाली; शाखा; आँख्लो