गृह · शब्दकोश

पुग्नु

[अक्रि.]

१. इच्छा गरेको कुरा पूर्ण हुनु;।

२. एक अवस्थाबाट अर्को अवस्थामा बदलिनु।

३. एक ठाउँबाट अर्को ठाउँमा गएको हुनु; कुनै ठाउँबाट हिँडी लक्षित स्थानमा उपस्थित हुनु।

४. कसैको दाँजो वा बराबरमा आउनु; कसैको बराबर बन्नु।

५. कुनै कामका निम्ति मालमत्ता वा वस्तुको परिमाण पर्याप्त हुनु।

६. पठाइएको ठाउँमा पठाइएको कुरा दाखिल हुनु; पहुँचनु।

७. सम्पन्न हुनु।

⟵ फेरि सूचीमा जानुहोस्