साम्यवाद
[ना.]
मार्क्सद्वारा प्रतिपादन गरिएको तथा लेनिनद्वारा कार्यान्वयनमा ल्याइएको, सम्बन्धित सम्पत्तिको अधिकार व्यक्तिविशेषमा नरही समुदाय वा समाजको अधिकारमा रहनुपर्छ भन्ने र सार्वजनिक उत्पादन, प्रबन्ध र उपयोगका सिद्धान्तमा समाज व्यवस्था स्थिर गर्ने राजनीतिक सिद्धान्त; आर्थिक विषमता हटाई शोषित वर्गलाई सशक्त पार्दै उन्नत समाजको स्थापना गर्ने राजनीतिक विचारधारा।