सङ्घर्ष

[ना.]

१. खिचाइ; खुम्चाइ; आकर्षण

२. दुई थरीका बिचको पेलाइ; ठेलमठेल

३. दुई वा सोभन्दा बढी व्यक्ति, दल वा शक्तिबिचमा हुने होड; स्पर्धा; टक्कर

४. दृष्टि, बल वा मनलाई अर्कातिरबाट बलजफती तान्ने काम

५. परस्परको हानथाप; प्रतियोगिता

६. भिड्ने काम; घम्साघम्सी; भिडन्त

७. रगडिने, घोटिने काम

८. विकट परिस्थितिबाट बच्न वा मौलिक हकको संरक्षणका निम्ति गरिने सामूहिक विद्रोहको प्रयास

९. हलो जोताइ; घर्षण