गृह · शब्दकोश

सङ्घर्ष

[ना.]

१. खिचाइ; खुम्चाइ; आकर्षण।

२. दुई थरीका बिचको पेलाइ; ठेलमठेल।

३. दुई वा सोभन्दा बढी व्यक्ति, दल वा शक्तिबिचमा हुने होड; स्पर्धा; टक्कर।

४. दृष्टि, बल वा मनलाई अर्कातिरबाट बलजफती तान्ने काम।

५. परस्परको हानथाप; प्रतियोगिता।

६. भिड्ने काम; घम्साघम्सी; भिडन्त।

७. रगडिने, घोटिने काम।

८. विकट परिस्थितिबाट बच्न वा मौलिक हकको संरक्षणका निम्ति गरिने सामूहिक विद्रोहको प्रयास।

९. हलो जोताइ; घर्षण।

⟵ फेरि सूचीमा जानुहोस्