गृह · शब्दकोश

सँभाल्नु

[सक्रि.]

१. कुनै कामको प्रबन्ध मिलाउनु; चाँजोपाँजो गर्नु।

२. कुसङ्गत वा कुलतमा परेर बिग्रन लागेकालाई नियन्त्रित गर्नु।

३. घरगृहस्थीको काम वा सभा, संस्था आदि राम्ररी सञ्चालन गर्नु।

४. छरिन, भत्किन, बिग्रन आदिबाट बचाउनु; सम्भार पुर्‍याउनु; सुरक्षा गर्नु; स्याहार गर्नु; समाल्नु; समार्नु।

५. जोगाएर वा बचाएर राख्नु; बचाउनु।

६. पाल्नु, पोस्नु।

७. भिर, अक्कर आदि ठाउँबाट खस्न वा लड्न लागेकालाई बचाउनु।

८. महत्त्वपूर्ण कार्यको भार बोक्नु; उत्तरदायित्व वहन गर्नु।

९. हेरचाह गर्नु; रेखदेख गर्नु।

⟵ फेरि सूचीमा जानुहोस्