गृह · शब्दकोश

घन्टी

[ना.]

१. आधुनिक घरका मूलढोकाबाहिर जडिएको बिजुलीको स्विच थिचेर आगमनको सूचना दिइने यन्त्र।

२. कार्यालय आदिमा टेबुलमा रहने र थिचेर बजाई पियन आदिलाई बोलावटको सङ्केत दिने यन्त्र।

३. साइकल आदिका अगाडि रहने, टिन्न बजाइने एक यन्त्र।

४. सानो घन्ट।

⟵ फेरि सूचीमा जानुहोस्