गृह · शब्दकोश

बढ्नु

[अक्रि.]

१. अगि सर्नु; लम्कनु।

२. कुनै वस्तुको आकार, आयतन, परिमाण आदि पहिलेको भन्दा बढ्ता हुनु; वृद्धि हुनु।

३. गणना, नापतौल आदिमा अधिक हुनु।

४. झाँगिनु; गाँजिनु; मौलाउनु।

५. धेरै स्थान ढाक्ने वा ओगट्ने हुनु।

६. फुल्नु; सुन्निनु।

७. मदमत्त हुनु; उन्मत्त हुनु; मात्तिनु।

८. मूल्य, अधिकार, योग्यता, सामर्थ्य आदिमा वृद्धि हुनु।

९. सङ्ग्रालिनु; फैलनु; फिँजिनु।

⟵ फेरि सूचीमा जानुहोस्