बट्टा

[ना.]

१. एक देशका रुपियाँ, पैसा, नोट आदि अर्को देशका रुपियाँ, पैसा, नोट आदिसँग साट्दा लाग्ने दस्तुर

२. दाग

३. कुनै कार्य वा व्यापार आदिबाट हुने घाटा; नोक्सान

४. कुनै सामान साटफेर गर्दा त्यसको मूल्यबाट केही अंश काटेर लिइने रकम

५. घरजग्गा आदि खरिदबिक्री गर्दा लिने, दिनेका बिचमा कुरा मिलेपछि पक्का गर्न दिइने अग्रिम मूल्य; पेस्की रकम; बैनाबट्टा

[ना.]

केही चिजबिज राख्न हुने काठ, टिन आदिको बिर्को भएको भाँडो; डिब्बा