पेस्की
[ना.]
१. कर्मचारीका रूपमा काम गर्ने व्यक्तिलाई उसले पछि पाउने तलब वा पारिश्रमिकबाट कट्टा गर्ने गरी दिइने अग्रिम रकम।
२. कसैलाई काम लगाउँदा वा कुनै वस्तु किन्ने निश्चय गर्दा अग्रिम रूपमा दिइने मूल्यको केही अंश; अग्रिम भुक्तानी; अग्रिम रकम; बैना।
३. बसेको ठाउँभन्दा अन्यत्र भ्रमणमा जानुभन्दा पहिले पठाइने सामान, कर्मचारी आदि।