गृह · शब्दकोश

बग्नु

[अक्रि.]

१. अर्काका बहकाउमा लाग्नु; बहकिनु।

२. कुनै रुख आदि वस्तुबाट लेस्याइलो वा तरल पदार्थ निस्कनु।

३. चिप्लिएर सर्नु।

४. तरल पदार्थ धाराको रूपमा निस्कनु।

५. पानी आदि पन्यालो वस्तु तलतिर सर्दै जानु; प्रवाहित हुनु; बहनु।

६. बग्दो पानीका साथसाथै जानु; प्रवाहका साथमा हेलिनु।

७. सर्प आदि घस्रनु।

८. हावा लाग्नु।

⟵ फेरि सूचीमा जानुहोस्