गृह · शब्दकोश

निश्चय

[ना.]

१. अलङ्कारशास्त्रअनुसार अरू विषयलाई निषेध गरेर प्रकृत विषयको स्थापना गर्दा पर्ने अलङ्कारको एक भेद।

२. टुङ्गो; निर्क्योल; निधो; ठहर।

३. दृढ विचार; गहिरो भावना।

४. विश्वास; पत्यार।

५. शङ्का वा दुबिधा नभएको अवस्था; सन्देहरहित ज्ञान।

⟵ फेरि सूचीमा जानुहोस्