गृह · शब्दकोश

पृष्ठभूमि

[ना.]

१. अङ्कित दृश्य वा घटनाको आधार।

२. कुनै घटना वा विषयको उठानसँग सम्बद्ध पहिलो रूप वा झलक।

३. कुनै वस्तुको मूल आधार; पृष्ठाधार; भूमिका।

४. पछिल्तिरको जमिन।

५. बन्दरगाहपछाडिको क्षेत्र।

६. मुख, मूर्ति वा चित्र आदिको अघिल्लो भागलाई स्पष्ट गराउन आधार बन्ने दृश्य, चित्र वा वर्णनको भाग; मूर्ति वा चित्रको सबभन्दा पछिल्लो भाग।

७. सहरवरिपरिको ग्रामीण क्षेत्र वा परिवेश।

⟵ फेरि सूचीमा जानुहोस्