गृह · शब्दकोश

पातो

[ना.]

हे. न्यायो।

[ना.]

१. कुनै पनि धातु पिटेर चेप्टो पारिएको पातलो पत्र; पाता।

२. कोदालो, कोदाली आदिको खन्नेतिरको पातलो र फराकिलो भाग।

३. तमाखु टाँसेर चिलिमभित्र घोप्ट्याइने माटाको खबटो वा ढुङ्गा आदिको चेप्टो साधन।

४. नाम्लाको चुल्ठ्याएर चेप्टो वा पातलो पारिएको, थाप्लामा अडिने भाग।

५. सिमेन्टको बनाइएको चकला।

[ना.]

१. पुस्तक, कापी आदिको पाना वा पातो; पन्ना।

२. शरीरको कुमदेखि कम्मरसम्मको पछिल्लो अवयव।

३. साँप्राको कोखमा जोडिएको पातलो र फराकिलो अवयव।

⟵ फेरि सूचीमा जानुहोस्