पातो
[ना.]
हे. न्यायो।
[ना.]
१. कुनै पनि धातु पिटेर चेप्टो पारिएको पातलो पत्र; पाता।
२. कोदालो, कोदाली आदिको खन्नेतिरको पातलो र फराकिलो भाग।
३. तमाखु टाँसेर चिलिमभित्र घोप्ट्याइने माटाको खबटो वा ढुङ्गा आदिको चेप्टो साधन।
४. नाम्लाको चुल्ठ्याएर चेप्टो वा पातलो पारिएको, थाप्लामा अडिने भाग।
[ना.]
१. पुस्तक, कापी आदिको पाना वा पातो; पन्ना।