गजल

[ना.]

उर्दुफारसीमा लेखिने, नायिकाको सौन्दर्य र उसप्रतिको प्रेमको वर्णन हुने त्यस्तो कविता जसमा ५ देखि ११ सम्म सेर (युग्मक) हुन्छन्। सबै शेर एउटै रदिफ (काफियापछि आउने शब्द समूह) र काफिया (अन्त्यानुप्रास) मा रचिएका हुन्छन् र प्रत्येक सेरको विषय भिन्न हुन्छ। पहिलो सेर मत्ला वा मतला कहिन्छ र यसका दुवै मिसरा (पङ्क्ति) अनुप्रासले युक्त हुन्छन्; अनि अन्तिम सेर मक्ता कहिन्छ र यसमा सायरले आफ्नो उपनाम प्रस्तुत गर्दछ।