खोप्नु

[सक्रि.]

१. घट्ट, जाँतो आदिमा दाँत निकाल्नु

२. छिनो आदि साधनले काठ, ढुङ्गा आदिमा प्वाल पार्नु; खोपिल्टो पार्नु; कुँद्नु

३. पहिलेको परम्पराअनुसार अभियुक्तलाई शरीरको कुनै भागमा नामसहित खतबात उल्लेख गरी खोपेर दण्ड दिनु

४. रोप्नु; गोभ्नु

५. शीतलावेध गर्नु; बिफरको टीका लगाउनु