किला
[ना.]
नेपालको काठमाडौँ उपत्यका र त्यसवरिपरिका जिल्लाहरू मूल थलो भएका नेवार जातिको एक थर।
[ना.]
१. खुट्टामा मासु पलाएर निस्कने सानो खिल।
२. डन्डीफोर; शरीर वा अनुहारमा देखिने ससाना काला दाग वा खटिरा।
३. धातु (खास गरी फलाम) वा काठको कतै ठोक्न वा गाड्न बनाइएको उपकरण; किलो।