गृह · शब्दकोश

उठ्नु

[अक्रि.]

१. आसामी, मोही आदिबाट लिनुपर्ने रुपियाँ, बाली आदि असुलउपर हुनु।

२. उम्मेदवार बन्नु।

३. गहिरो भाग पुरिनु; अग्लो हुनु।

४. निद्राले छाड्नु; बिउँझिनु; जागा हुनु।

५. पहिलेभन्दा उन्नति हुनु; उँभो लाग्नु।

६. बसेको ठाउँ छाड्नु; बसाइँ सर्नु।

७. सुतेको वा बसेको स्थितिबाट खडा हुनु; उभिनु; ठिङ्ग हुनु।

[क्रिवि.]

चढ्नु; उक्लनु।

⟵ फेरि सूचीमा जानुहोस्