गृह · शब्दकोश

सिंह

[ना.]

१. गर्दनमा लामा जगर हुने, बलियो एक हिंस्रक जङ्गली प्राणी; शेर; सेर; केसरी।

२. नेपालका पहाडी मूलका ठकुरी जातिको एक थर; नेवार जातिको एक थर।

३. नेपालको मधेसमा बसोबास गर्ने यादव जातिको एक थर; गनगाई जातिको एक थर; राजपूत जातिको एक थर; दुसाध जातिको एक थर; थारू जातिको एक थर।

४. बाह्र ओटा राशिमध्येको पाँचौँ राशि।

५. भाद्र महिनाको सङ्क्रान्ति।

६. महान् पराक्रमी; नामुद वीर।

⟵ फेरि सूचीमा जानुहोस्