सिंह
[ना.]
१. गर्दनमा लामा जगर हुने, बलियो एक हिंस्रक जङ्गली प्राणी; शेर; सेर; केसरी।
२. नेपालका पहाडी मूलका ठकुरी जातिको एक थर; नेवार जातिको एक थर।
३. नेपालको मधेसमा बसोबास गर्ने यादव जातिको एक थर; गनगाई जातिको एक थर; राजपूत जातिको एक थर; दुसाध जातिको एक थर; थारू जातिको एक थर।
४. बाह्र ओटा राशिमध्येको पाँचौँ राशि।
५. भाद्र महिनाको सङ्क्रान्ति।