समानान्तर

[वि.]

१. कुनै व्यक्ति वा वस्तुको विकल्पका रूपमा पेस भएको वा उभिएको।

२. केही कुरामा समान भए पनि केही कुरामा भिन्न पनि रहेको; प्रतियोगी

३. दुवै कोण बराबरीको फरकमा रहेको; समान्तर

४. पहिले समान स्रोत, इतिहास, ध्येय आदि भए पनि पछि टुक्रिई मूल संस्था, धारा आदिको प्रतिरूपमा आएको (संस्था)।

५. रूप, स्थिति, गुण आदिका दृष्टिले समान भएको; बराबरीको; समस्तरको।