गृह · शब्दकोश

श्रम

[ना.]

१. काम गर्दा लाग्ने थकाइ; थकान; ग्लानि।

२. कुनै कामका निम्तिको मानवीय चेष्टा; प्रयत्न; प्रयास।

३. कुनै वस्तुको उत्पादन तथा निर्माणका लागि वा जीवननिर्वाहका निम्ति शारीरिक, बौद्धिक शक्ति लगाएर गरिने काम; मिहिनेत; परिश्रम।

४. घामपानीमा तप्ने काम; असिनपसिनको अवस्था।

५. शरीरको कसरत; व्यायाम।

⟵ फेरि सूचीमा जानुहोस्