ठहर
[ना.]
१. कुनै कामकुरामा सल्लाहले वा मनमनै गरिने निधो; निश्चय।
२. बस्ने वा अड्ने ठाउँ; स्थान; थलो।
३. बैठक, सभा आदिद्वारा कुनै कुरा वा विषयमा विचारविमर्श वा छलफलपछि गरिने अठोट; पारित भएको कुरा।
४. मुद्दामामिलामा न्यायाधीश वा इजलासद्वारा गरिएको निर्णय।
[ना.]
सालका पातहरूलाई सिन्काले खुटी सिप लगाएर गाँसिने, थालका आकारको साधन; ठुलो टपरी।