गृह · शब्दकोश

गाईजात्रा

[ना.]

१. बेइज्जती हुने खालको वा मर्यादा नभएको र अव्यवस्थित कामकुरो।

२. भाद्र कृष्ण प्रतिपदाका दिन (जनैपूर्णिमाको भोलिपल्ट) मनाइने, परिवारका कुनै सदस्यको मृत्यु भएका वर्ष मृतकको मुक्तिका उद्देश्यले गाईलाई सिँगारेर वा मान्छेलाई गाईको रूपमा सिँगारेर सहर परिक्रमा गराइने यात्रा; गोयात्रा।

३. सोही अवसरमा मनोविनोदका रूपमा देखाइने हास्यव्यङ्ग्य प्रदर्शन।

⟵ फेरि सूचीमा जानुहोस्