खरी

[ना.]

१. निगाले झाँप्राको आकारका पात हुने, घोडालाई मन पर्ने, एक प्रकारको सानो झार; मुसेखरी

२. मरिचका जत्रा दाना फल्ने र डाँठको बोक्रा सेतो हुने ठुलो एक रुख

[ना.]

१. मादल, तबला आदिमा मढेको छालामा गोलाकार पारी लगाइने मसला

२. सिलोट, धुलौटो आदिमा लेख्ने नरम जातको सेतो पत्थर

[वि.]

खरो स्वभाव भएकी; स्पष्ट बोल्ने (नारी)।

[ना.]

दाउराको सानो छेस्को