गृह · शब्दकोश

खरी

[ना.]

१. निगाले झाँप्राको आकारका पात हुने, घोडालाई मन पर्ने, एक प्रकारको सानो झार; मुसेखरी।

२. मरिचका जत्रा दाना फल्ने र डाँठको बोक्रा सेतो हुने ठुलो एक रुख।

[ना.]

१. मादल, तबला आदिमा मढेको छालामा गोलाकार पारी लगाइने मसला।

२. सिलोट, धुलौटो आदिमा लेख्ने नरम जातको सेतो पत्थर।

[वि.]

खरो स्वभाव भएकी; स्पष्ट बोल्ने (नारी)।

[ना.]

दाउराको सानो छेस्को।

⟵ फेरि सूचीमा जानुहोस्