शान्ति
[ना.]
१. ग्रहहरूको बाधा तथा अशुभ फल, दोष आदिको निवृत्ति।
२. भोकतिर्खा, श्रमताप, घामपानी आदिको शमन।
३. मनमा कुनै दुःखपिर आदि नहुने बाधारहित अवस्था; आराम; चैन।
४. विद्रोह, होहल्ला, रडाको आदि नभएको अवस्था।
५. सहने काम; धैर्य; सान्त्वना।
६. सांसारिक भोगप्रतिको विरक्ति।
७. सुखदुःख, हर्षविस्मात, रिस आदि मनोभावनाले नबिथोलिएको मानसिक स्थिति; शान्त वा स्थिर अवस्था।