गृह · शब्दकोश

शान्ति

[ना.]

१. ग्रहहरूको बाधा तथा अशुभ फल, दोष आदिको निवृत्ति।

२. भोकतिर्खा, श्रमताप, घामपानी आदिको शमन।

३. मनमा कुनै दुःखपिर आदि नहुने बाधारहित अवस्था; आराम; चैन।

४. विद्रोह, होहल्ला, रडाको आदि नभएको अवस्था।

५. सहने काम; धैर्य; सान्त्वना।

६. सांसारिक भोगप्रतिको विरक्ति।

७. सुखदुःख, हर्षविस्मात, रिस आदि मनोभावनाले नबिथोलिएको मानसिक स्थिति; शान्त वा स्थिर अवस्था।

⟵ फेरि सूचीमा जानुहोस्