गृह · शब्दकोश

पण्डित

[वि.]

१. घृतकौशिक गोत्रका नेपाली बाहुनहरूको एक थर।

२. पुरेत।

३. ब्राह्मणलाई आदर गर्दा भनिने शब्द।

४. भान्से बाहुन (हेय)।

५. राणाकालमा चलेको शिक्षकहरूको एक दर्जा।

६. विद्वान्।

७. शास्त्रको तात्पर्य बुझेको विद्वान् व्यक्ति; शास्त्रवेत्ता। स्त्री. पण्डिता।

८. सत् र असत् छुट्याउने बुद्धि भएको व्यक्ति।

९. निपुण; कुशल।

१०. पुराण भन्ने; पौराणिक।

११. विद्वान्; शास्त्रज्ञ।

[ना.]

नेपालका पहाडी वा तराई मूलका ब्राह्मण वा छेत्रीको एक थर।

⟵ फेरि सूचीमा जानुहोस्