गृह · शब्दकोश

गाल

[ना.]

कुनै काम बिग्रँदा आइपर्ने अपजस; अबगाल; औजस; गाली।

[ना.]

१. खाडल; खाल्टो।

२. भल सोहोरिएर एकत्रित भई बग्दै जाने नाली; खोल्सो; ढल।

[ना.]

पगाल्ने कार्य; मगजको धुलाइ; फकौरी।

[ना.]

काँचो ओखरका दानाका बाहिरपट्टिको हरियो बोक्रो; चिउरा, चामल, भुटेको भटमास आदि मुखभरि हालेर चपाएर खाने फाँको।

[ना.]

गाला; मुख र कनपटीबिचको कोमल भाग; कपोल।

[ना.]

गाली; मिथ्या आरोप।

⟵ फेरि सूचीमा जानुहोस्