उत्रनु

[अक्रि.]

१. ऋणबाट मुक्त हुनु; उक्सनु

२. खोला, नदी आदिबाट पार हुनु

३. झोलिलो पदार्थमा कुनै वस्तु माथि उठेर आउनु; तहरिनु; तर पर्नु

४. धसिएको वा गाडिएको ठाउँबाट बाहिर निस्कनु

५. सङ्कट आदिबाट छुटकारा पाउनु

[अक्रि.]

१. गाडीबाट ओर्लनु

२. छोड्नु; अलग हुनु; कुनै निश्चित गन्तव्यमा पुग्नु; अस्तित्वहीन हुनु; पानीमाथि रहनु