स्थायीभाव
[ना.]
रस सिद्धान्तअनुसार प्रत्येक रसको प्राणका रूपमा रहने स्थायी रसतत्त्व; रति, हास, क्रोध, उत्साह, भय, शोक, घृणा, विस्मय, शान्त, वात्सल्य आदि भावमध्ये कुनै पनि भावको बीजरूप; विभाव, अनुभाव, सञ्चारी भावका माध्यमबाट रसका रूपमा प्रकट हुने तत्त्वको बीजस्वरूप।