मानाचामल
[ना.]
१. कुनै विशेष स्थितिमा अरूलाई जीवननिर्वाह वा पेटपालोका निम्ति दिइने खर्च, वृत्ति वा सिधा; पेटिया।
२. सरकारको सेवामा विशेष रूपले संलग्न भारदारका वंशज तथा उच्च खानदानका व्यक्तिलाई जीवननिर्वाहका लागि दिइने र निजको मृत्युपछि सो जग्गा रैकरमा परिणत गरिने एक प्रकारको पुरानो बिर्ताप्रथा; खुवाबिर्ता।