बटुक

[ना.]

१. पितृकार्यमा बनाइने खाद्य वस्तु

२. बिचमा अँगुठाले प्वाल पारेर बनाइएको रोटी; चना, केराउ वा मासको पिठोमा अदुवा, नुन, बेसार मिलाएर तेल वा घिउमा पकाइएको सानो आकारको रोटी

३. मस्यौरे रोटी

४. मासको दाल भिजाएर सिलौटामा पिसेर लेदो बनाई त्यसमा नुन, मसला राखी घिउ वा तेलमा पकाएको बारा

५. सुदूरपश्चिमेली खानाको परिकार; फुलौरा

[ना.]

बाहुन वा क्षेत्री कुलमा जन्मेको बाह्र वर्षभन्दा कम उमेरको बालक; व्रतबन्ध गरिँदै गरेको बालक वा किशोर; वटुक