गृह · शब्दकोश

पर्चा

[ना.]

१. अड्डाअदालतबाट दिइने तारेखको पुर्जा।

२. अदालतमा वादी, प्रतिवादी परेपछि प्रमाण बुझी फैसला गर्नुपर्ने भएमा प्रमाण बुझ्नलाई छोटकरीमा मुद्दासमेत लेखी दस्तखत गराई मिसिलसाथ राखिने कागज।

३. परीक्षा आदिको प्रश्नपत्र।

४. प्रचारका निमित्त लेखिएको वा छापिएको कागत; विज्ञापनको कुरो लेखिएको पुर्जा; सूचनापत्र।

५. फैसला।

६. विशेष अवस्थामा लेखिने मुद्दामामिलाको टिप्पणी।

⟵ फेरि सूचीमा जानुहोस्