ढुङ्गो

[ना.]

१. घर, बाटो, मूर्ति आदिको निर्माणकार्यमा उपयोग हुने, प्रायः घन आदि फलामे वस्तु वा विस्फोटक पदार्थले मात्र फोर्न र छिना आदिले मात्र खोप्न सकिने कडा खँदिलो वस्तु; पत्थर; शिला; पाषाण

२. देशको सिमाना छुट्याउनका लागि गाडिने वा बनाइने ढुङ्गा आदिको चिनो; लोँकिल

३. राज्य (दिव्य.)।

[ना.]

दुर्ग; गढ; गढी; किल्ला; त्यस्तो किल्लाद्वारा संरक्षित राज्य वा भूखण्ड