आँकुरा

[ना.]

१. अङ्कुर; वनस्पतिको बीजबाट निक्लिएको टुसो; बीजले बिरुवाको रूप लिने क्रममा हुने प्राथमिक रूप; कुनै रुख वा बिरुवाबाट निक्लिएको नयाँ टुसो

२. टुसो; मुनो; पिपिरो; गाभो

३. त्यसरी नै प्रस्फुटित कुनै नयाँ कुरो; नयाँ विचारको आरम्भ

४. निस्कँदै गरेको टुसो; मञ्जरी

५. बोट, बिरुवा, लहरा आदिमा निस्कने नयाँ पालुवा; नयाँ पात वा मुनासहितको टुप्पो; मुजुरो; कोपिलो; आँकुरो