हंस

[ना.]

१. जीवनशक्ति; प्राण

२. जीवात्मा

३. परब्रह्म; ईश्वर

४. प्रायः तलाउ, पोखरी आदिमा बस्ने एक प्रसिद्ध चरो; हाँस

५. विष्णुका चौबिस अवतारमध्ये एक अवतार

६. सन्न्यासीको एक वर्ग

७. सास तान्दा ‘हँ’ र छोड्दा ‘स’ गरी प्राणीले सास फेर्दा स्वतः उच्चारण गर्ने मन्त्र; अजपा मन्त्र

८. सूर्य

९. होस; चेतना; सुद्‍‍धी।