गृह · शब्दकोश
१. आगो, घामको रापले वा बतासले हानेर पानी वा ओसिलोपन हराउनु; राम्ररी ओभाउनु; सुक्खा हुनु।
२. खोलानालाको पानी घट्नु।
३. गाईभैँसी आदिले दुध दिन छाड्दै जानु।
४. छिप्पिएर वा चाउरिएर रसहीन हुनु।
५. बुढेसकाल, रोग वा मानसिक तापले शरीरको रगतमासु घटेर दुब्लाउनु।
६. बोटबिरुवामा हरियो भाव सकिनु; काँचो नरहनु।
⟵ फेरि सूचीमा जानुहोस्