गृह · शब्दकोश

सम्यक्

[वि.]

१. मिलाएर; राम्ररी।

२. महायानी बौद्ध धर्मअनुसार हरेक बाह्र, पाँच वा तीन वर्षमा समर्थ व्यक्तिले काठमाडौँमा मनाउने, राजालाई समेत उपस्थित गराई बुद्धको र राजाको पनि पूजा गरी त्यसपछि भोजसमेत गराई सम्पन्न गरिने एक प्रकारको धार्मिक उत्सव।

३. सबै; सम्पूर्ण; समस्त।

४. सुहाउँदो, ठिक; उचित; उपयुक्त।

⟵ फेरि सूचीमा जानुहोस्