पिर
[ना.]
डन्डीबियो खेल खेल्दै जाँदा अवस्थाअनुसार भनिने सातको सङ्ख्या; सिट्ठो।
[ना.]
सल्लाको पात; पिरल; पिरौल; सल्लीपिर; सल्लेबिर।
[ना.]
१. पुजारी।
२. मुसलमानहरूका सिद्ध; महात्मा; मुसलमानहरूका धर्मगुरु।
३. साधुसमाज वा मठका अधिष्ठाता; मठाधीश; महन्त (खास गरी गोरखपन्थमा)।
[ना.]
१. कुनै नोक्सानी हुँदा वा अप्ठ्यारो परिस्थिति आइपर्दा हुने मानसिक ताप; चिन्ता।
२. डन्डीबियो आदिका खेलमा बाजी हार्नेलाई जित्नेले लाउने एक किसिमको दण्ड; पिर।