पालुङ्गो
[ना.]
रातो, कमलो जरा हुने, प्रायः चम्सुरसँग मिलाएर पकाइने एक जातको प्रसिद्ध साग (आयुर्वेदमा यसको पातलाई ठन्डा गर्ने, आन्द्राको रोग निको पार्ने र फोक्साको हित गर्ने भनिएको छ। रातो डाँठ हुने गोब्रेपालुङ्गो र हरियो डाँठ हुने पाटनेपालुङ्गो गरी यसका दुई किसिम छन्)।