धुनु
[सक्रि.]
१. कुनै वस्तुमा रहेको फोहरमैला, दागकसर आदि सफा पानीले पखाल्नु; सफा गर्नु; प्रक्षालन गर्नु।
२. टाढाका साइनुको जुठो हटाउन मुख पखाल्नु।
३. बिहान उठेर मञ्जन, कुल्ला आदि गरी सबै मुख पखाल्नु; मुखारी गर्नु।
४. मनमा रहेको दाग, क्लेश, कुण्ठा, शङ्का आदि हटाउनु; मन माझ्नु।