गृह · शब्दकोश

जुरो

[ना.]

१. जुरेली, डाँफे, लामपुच्छ्रे आदि पक्षीका शिरमा उठेको ठाडो रौँ।

२. धान आदिका कुनिउँमा गुजुल्टो पारेर बनाइएको गजुर।

३. समेटेर टाउकाको एक ठाउँमा गुजुल्टो पारेको कपाल।

४. साँढेका काँधमाथि भुक्क उठेको रौँदार मासपिण्ड।

⟵ फेरि सूचीमा जानुहोस्