गृह · शब्दकोश

जाग्नु

[सक्रि.]

१. आफ्नो अवस्थाप्रति सचेत हुनु; जागरूक बन्नु।

२. तन्त्रमन्त्रमा विश्वास राख्नेहरूका अनुसार भूत, प्रेत, मसान आदि प्रत्यक्ष वा सक्रिय हुनु।

३. बिरुवा आदि पलाउनु।

४. बौरनु; बिउँतनु; होसमा आउनु।

५. ब्युँझनु; निद्रा खुल्नु।

६. रिसले झोक्किनु; जङ्गिनु; रन्किनु; जोसिनु।

७. खसी, चौँरी आदिको पिठिउँमा सामान लदाएर ओसार्नु; जाख्नु।

⟵ फेरि सूचीमा जानुहोस्