गृह · शब्दकोश

चोखा

[ना.]

१. कसैले मिठो खाएको देखेर लोभिई अर्काले लगाएको कुदृष्टि; चोखे; नजर।

२. त्यस्तो कुदृष्टिबाट हुन जाने ठानिएको बिगार।

[वि.]

शुद्ध; पवित्र।

[ना.]

१. उसिनेको आलुमा अमिलो, पिरो आदि हालेर साँधिएको वस्तु; अचार; चटनी; चाट।

२. चोखेन।

[ना.]

कथित पानी चल्ने जात।

⟵ फेरि सूचीमा जानुहोस्