चोखा

[ना.]

१. कसैले मिठो खाएको देखेर लोभिई अर्काले लगाएको कुदृष्टि; चोखे; नजर

२. त्यस्तो कुदृष्टिबाट हुन जाने ठानिएको बिगार

[वि.]

शुद्ध; पवित्र

[ना.]

१. उसिनेको आलुमा अमिलो, पिरो आदि हालेर साँधिएको वस्तु; अचार; चटनी; चाट

२. चोखेन

[ना.]

कथित पानी चल्ने जात