लाभांश
[ना.]
१. कम्पनी वा यस्तै अन्य संस्थाले बढी लाभ गरेपछि सेयरवालालाई निर्धारित रकमभन्दा बढी दिइने आनुपातिक रकम; बोनस।
२. कार्यक्षमता वा अतिरिक्त कार्यको उत्साहका रूपमा श्रमिक आदिलाई दिइने अतिरिक्त नगदी उपहार।
३. व्यापार वा संस्थान आदिको हिस्सेदारका रूपमा लगाइएको धनबाट भएको अतिरिक्त आम्दानी; लाभको अंश।
४. सुविधाका लागि कम्पनीद्वारा भुक्तान गरिने प्रतिफल वा प्रिमियम।