गृह · शब्दकोश

प्रतिफल

[ना.]

१. कसैले अर्काप्रति गरेका गुण वा अवगुणका अनुरूप राम्रो वा नराम्रो परिणाम।

२. कुनै कुराको निचोड; निष्कर्ष।

३. कुनै कुराको फल; नतिजा; परिणाम; उपलब्धि।

४. दुई वा दुईभन्दा बढी बलको सम्मिश्रणबाट निस्केको गति वा परिणाम।

⟵ फेरि सूचीमा जानुहोस्