राष्ट्रवाद
[ना.]
१. आफ्नो राष्ट्रको उन्नति र हितलाई सर्वोपरि मान्ने सिद्धान्त वा राष्ट्र र राष्ट्रियताप्रतिको विशेष भक्तिभावना।
२. मध्ययुगीन सामन्ती निरङ्कुशताका विरुद्धमा वा औपनिवेशिक दासताबाट मुक्तिका लागि उठेको राष्ट्रिय स्वतन्त्रताको आवाज; त्यससँग सम्बन्धित चिन्तन वा विचारधारा।