पुनर्गठन
[ना.]
१. एक पटक विघटित भएको सङ्घ, संस्था आदिलाई फेरि गठन गर्ने काम।
२. रहेको प्रशासनिक व्यवस्थामा छिटोछरितोपन ल्याउन कर्मचारीहरूको सरुवा, बढुवा वा खोसुवा गरी नयाँ तरिकाले व्यवस्था गर्ने काम; कर्मचारीहरूको नयाँ बन्दोबस्त; पजनी।
३. रहेको समिति, परिषद् आदिलाई विघटित गरी आवश्यक परिवर्तनका साथ फेरि गठन गर्ने काम।